नेपाललाई कुनै मुलुक विरुद्ध प्रयोग हुन दिन हुन्न : प्रदीप ज्ञवाली

२०८१ फाल्गुन १७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १७ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई कुनै मुलुक विरुद्ध प्रयोग हुन दिन नहुने बताउनुभएको छ ।

शनिबार बिराटनगरमा एमाले मोरङको १० औं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाले आफुहरु चीन र भारत दुबै छिमेकी संग समान सम्बन्ध राख्ने कुरामा स्पष्ट रहेको बताउदै नेपाललाई कुनै मुलुक विरुद्ध प्रयोग हुन दिन नहुने बताउनुभएको हो ।

उपमहासचिव ज्ञवालीले प्रत्येक मुलुकले उचालिएकै भरमा निणर्य गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको जिकिर गर्नुभयो । युक्रेन विवाद र शक्ति राष्ट्रहरु बीचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरुलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने गरेको दृष्टान्त प्रस्तुत गरेको उहाले बताउनुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एमाले माथि चौतर्फी आक्रमण भईरहेकाले आन्तरिक प्रतिस्पर्धा भन्दा पनि एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो । उहाले एमालेको स्थापनाकाल देखि नै महत्वर्पूण जिल्ला भएकाले मोरङले सर्वसम्मत नेतृत्व चयन गरेर अन्यका लागि प्रेरणाको स्रोत बन्नुपर्ने उल्लेख गर्नुभयो ।

तीन दिन सम्म आयोजना हुने सो अधिवेशनमा ९ सय १४ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय