प्रचण्डले विपक्षी दलको बैठक बोलाएपछि, माओवादीको पदाधिकारी बैठक प्रभावित

२०८१ फाल्गुन २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २१ फागुन । नेकपा(माओवादी केन्द्र) को पदाधिकारी बैठक एजेण्डामा प्रवेश नै गरी सकिएको छ । दिउँसो १ बजे बस्ने संसद बैठकअघि विपक्षी दलहरूको बैठक बोलाएकोले कुनै एजेण्डामा छलफल नभएको सचिव गणेश साहले जानकारी दिए ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव तहको बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने साहले बताए । ‘कुनै एजेण्डामा प्रवेश भएन । अध्यक्षले विपक्षी दलहरूको बैठक बोलाएका कारण एजेण्डामा हुन सकेन । दिउँसो अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव तहको बैठक बस्नेछ’, उनले भने ।

पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिक, सुदूरपश्चिम माओवादी संसदीय दलको विवाद लगायत विषयमा छलफल गर्न बैठक बोलाएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार