प्रतिपक्षी दल नेता प्रचण्ड आज संसदमा बोल्दै

२०८१ फाल्गुन २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २७ फागुन ।  प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्दैछन्।

कार्यव्यवस्था परामर्श समितिको सोमबार बसेको बैठकमा प्रतिपक्षी दल नेता प्रचण्ड बोल्ने कार्यसूची राख्ने तय भएको थियो।

संसदमा प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री र प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दल नेता उपस्थित हुने सामान्य अभ्यास हो। तर मंगलबार पनि प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिनिधि सभा बैठकमा उपस्थित हुने छैनन्। प्रधानमन्त्री ओली मंगलबार कोशी जाने कार्यक्रम छ।

प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ। सोही समयमा प्रधानमन्त्री ओली कोशी प्रदेश जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।

‘प्रधानमन्त्रीले कोशी प्रदेशलाई सम्बोधन गर्ने कार्यक्रम छ। उहाँ मंगलबार दिउँसो १ बजे विराटनगर जाने कार्यक्रम तय भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो।

यसअघि माघ २४ गते प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डले प्रतिनिधि सभामा बोल्दा प्रधानमन्त्री अनुपस्थित थिए। त्यतिबेला प्रचण्डले प्रधानमन्त्री बैठकमा नदेखिएको भन्दै रोस्टमबाटै असन्तुष्टि जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय