रङ्गहरुको पर्व होली

२०८१ फाल्गुन २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

नेपालीहरुमा खुशी र उमङ्ग भर्ने रङ्गहरुको पर्व होली विशेष पर्वको रुपमा मनाउने गरिन्छ । हुनत हामीले मनाउँदै आएका विविध पर्व विविध असत्य माथि सत्य प्राप्त गरेको अन्याय अत्याचार विरुद्ध जीत हासिल गरेको खुशीयालीमा नै मनाउने गरेको पाइन्छ। होली पर्व हिरण्यकशीपु को दम्भ सङ्ग जोडिएको छ भने श्रीकृष्ण को विविध गतिविधिमा पनि जोडिएको छ। त्यतिबेला पनि आफु शक्तिसाली देखिन विविध अन्याय अत्याचार गरेर भए पनि दबाब मा राखेको पाइन्छ। यस होली पर्व पनि त्यही अन्तरगत पर्दछ। यसको सत्यता को आधार स्पष्ट त छैन भने पौराणिक घटना आधारित भनेर उल्लेख गरेको पाइन्छ । अन्याय अत्याचार का घटना तत्कालीन समय मा पनि उत्तिकै देखिन्छन् ।

वसन्त ऋतुको आगमनको रुपमा वसन्त पर्व तथा रङ्गहरुको पर्वको रुपमा होली पर्व मनाउने प्रचलन रहि आएको छ। हरेक वर्ष फाल्गुन पूर्णिमामा मनाइने भएकाले नेपालमा यो पर्वलाई “फागु पूर्णियामा मनाउने हुँदा फागु पर्व पनि भन्ने गरिन्छ। ऐतिहासिक सांस्कृतिक बिशेसता बोकेको पुरानो पर्वको रुपमा मनाइने होली पर्वले नेपाल र भारत बीचमा पारस्पारिक साँस्कृतिक सम्बन्ध विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको देखिन्छ भने हिन्दूहरूको पर्वको रुपमा विकसित भएको पाइन्छ।

महिषासुर राजा हिरण्यकशिपुले आफूलाई सर्व शक्तिमान ठानेको पाइन्छ भने तत्कालीन समयमा हिरण्यकशिपु लाइ कुनै अस्त्र, शस्त्र, मानिस, जनावरले दिन रात कुनै पनि समय मार्न नसक्ने व्रह्म बाट अद्भूत वरदान पाएको भन्ने छ। तर उनकै छोरा प्रह्लाद भने विष्णुका भक्त भएको र प्रह्लाद लाई केही गरी आफ्नो वसमा ल्याउन नसकेको झोंकमा उनलाई मार्नको निम्ति अग्नी प्रतिरोधक क्षमता वरदान पाएकी आफ्नी बहिनी होलिका लाई आदेश दिएको र होलिका ले प्रह्लादलाई काखमा बोकेर दनदनी बलेको आगोको भुंग्रोमा हाम फाल्दा क्षणभर मै होलिका आगोमा भष्म भएको तर प्रह्लाद सकुशल रहेको भन्ने पौराणिक कथा सुन्न पाइन्छ।

होलि आफूले पाएको अग्नी प्रतिरोधक शक्तिको वरदान लाई सही ठाउमा प्रयोग नगरेको र अन्याय अत्याचारको लागि सक्ती प्रयोग गर्न खोजेको भनी शक्तिको दुरुपयोग गरेको हुँदा जलेर मर्नु परेको विश्वास रहेको छ। त्यसैले असत्य माथि सत्यको विजय भएको र “सत्य डग्दैन झुठो टिक्दैन” भन्ने मान्यताका साथ यो पर्व खुशीयालीमा साथ मनाउन शुरुवात गरिएको कथन छ। त्यसै गरी यसले अन्याय अत्याचार गर्ने आफै सकिएर जाने र सही ठाउँ मा शक्तिको प्रयोग गर्न आवश्यक रहेको सन्देश यस पर्वले दिएको पाइन्छ ।

विविध रङ्गहरुको प्रयोग गरेर साथीभाइ घरपरिवार मा खानपान मा भन्दा रङ्ग खेल्न मा प्रेरित भएर मनाउने पर्व मध्य एक विशेष पर्ब को रुपमा पनि होली पर्व लाई मनाउने गरेको पाइन्छ। पर्व हरु विशेष गरेर खानपान मा बढी केन्द्रित हुन्छन् भने होलि पर्व खानपान मा भन्दा रङ्ग खेल्न मा बढी महत्व राख्छ। होली नयाँ साथी सङ्ग नयाँ सम्बन्ध स्थापित गर्ने पर्वको रुपमा पनि मनाउने यसको ऐतिहासिक मान्यता रहेको छ। त्यसैगरी आपसी सदभाव बढाइ मित्रवत सम्बन्ध स्थापित गराउने अवसरको रुपमा पनि यो पर्वलाई मनाइने भएकाले यसको सामाजिक एतिहासिक महत्व रहेको छ । यो पर्व साथी परिवार हरु सँग खेलेर मनाइने भएकाले मनमा हर्ष, उमंग र खुशीयाली रमाइलो र व्यक्तिको मनोवैज्ञानिक पक्षमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरेको पाइन्छ । विविध किसिमका मादक पदार्थ लागु पदार्थ सेवन गरेर स्वास्थ्य समस्या बनाउनु भन्दा संयमता अपनाएर मनाउन आवश्यक रहेको छ।

रङ्ग खेल्दा सावधानी हुनु पनि जरुरी छ। असावधानी ले आँखामा समस्या हुन सक्छ भने श्वासप्रश्वासमा समस्या निम्त्याउन सक्छ त्यसैले सावधानी भएर खेल्नु आवश्यक रहन्छ। यसले छालाको एलर्जी पनि गर्न सक्ने हुँदा लापरबाही तरिकाबाट विविध मिश्रण नगरिकन विशुद्ध रङ्गहरुको होलि खेल्नु जरुरी छ। विशुद्ध रङ खेलेर खुशीयाली स्वरुप समस्या उत्पन्न गर्नको लागि नभई आपसी सदभाव बढाउन को लागी खेल्नु जरुरी छ। विचलन निम्त्याउनु ले एतिहासिक महत्व ओझेलमा परी पर्व को अस्तित्व समाप्त भएर जान्छ।

होली पर्व अर्थात रङ खेल्ने पर्व, खानपान भन्दा पनि रङ सँगै खेलेर आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने वसन्त ऋतुलाई स्वागत गर्ने पर्वको रुपमा रहेको हुँदा हर्षोल्लासका साथ आपसी सदभाव बढाएर पर्व को अस्तित्व राखेर विचलनको अन्त्य गर्दै विशेषतामा महत्व दिएर मनाउनु आवश्यक रहेको छ। पर्व ले विकृति र विचलन ल्याउने विषय मा सजग रहन आवश्यक छ भने नया पुस्ता लाई परम्परा पर्ब संस्कृतिको महत्व बिशेसता माथि पनि सिकाउनु आवश्यक रहन्छ।

पूजा खड्का

भिरकोट नगरपालिका,३ स्याङ्जा

(लेखक हेर्ने कुरा डटकम स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय