काठमाडौं,२९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले होली पर्व मनाएको छ ।
बिहीबार पार्टी कार्यालय बनस्थलीमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकमाझ रास्वपाले होली पर्व मनाएको हो । सो क्रममा उनीहरुले एक आपसमा रंग दलेर शुभकामना आदान प्रदान गरेका थिए । रास्वपा नेताहरुले आम सर्वसाधारणहरुलाई होलीको शुभकामना दिएका थिए । उनीहरुले आफ्ना सभापतिमाथि पनि कानूनी हतियार प्रयोग गरेर अन्याय भएको जनाएका थिए । सभापतिमाथिको अन्याय छिटै अन्त्य हुने र न्याय प्राप्त हुने उनीहरुको भनाइ । रास्वपाले सवै वडाहरुमा पनि होली पर्व मनाइएको जनाएको छ ।