काठमाडौँमा होली मनाउन शुरु भएसँगै ट्राफिक प्रहरीले गर्याे चेकजाँचमा कडाइ

२०८१ फाल्गुन २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२९ फागुन । काठमाडौँ उपत्यका लगायतमा होली मनाउन शुरु भएसँगै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

चेकजाँच र निगरानीका लागि २ हजार ७ सय बढी प्रहरी खटाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । होली पर्वको अवसरमा उच्छृंखल गतिविधि गर्ने,जथाभावी लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु नियन्त्रण गर्न प्रहरीले चेकजाँचमा कडाइ गरेको ट्राफिक प्रहरी कार्यालयको भनाई छ । होली मनाउन एक ठाउँबाट अर्को ठाउँमा आउ–जाउ गरिरहेका सवारी चालकहरुलाई लक्षित गरी ट्राफिक प्रहरीले चेकजाँचमा पनि कडाइ गरिरहेको छ ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा चेकिङ पोष्ट राखिएको छ ।होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० भन्दा बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ ।होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा सीटीभी र ड्रोनबाट पनि निगरानी गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय