त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जामा ने.बि.संघबाट स्ववियु सभापतिको उम्मेद्बारी दिने को हुन् त देबदत्त सुबेदी ?

२०८१ चैत्र १, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदी
स्याङ्जा ,१ चैत । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट स्ववियु सभापति पदका लागि देवदत्त सुवेदी (गोपि) उम्मेदवार चयन भएका छन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ रामकोष मा २०५७ सालमा जन्मिएका सुबेदी हाल त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्नातक सकेका छन् । विद्यार्थी राजनीति र संगठन निर्माणमा सक्रिय रहेका सुबेदी नेविसंघ त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका मुल इकाइ समिति सचीव हुँदै हाल पुतलीबजार ने .बि संघ सभापति समेत रहेका छन्।

सुबेदि प्रखर तथा संगठनकर्ता नेताको रूपमा पनि सुवेदी परिचित छन्। विद्यार्थी हकहितका विषयमा निरन्तर लागिपरेका उनले संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।

स्ववियु सभापति पदका उम्मेद्बारका रुपमा चयन भएपछि सुबेदिले विद्यार्थी हकहितका कार्यक्रम लाई प्राथमिकता मा राख्ने प्रतिबद्धता जनाएका छ्न। शैक्षिक क्षेत्रमा सुधार, क्याम्पस लाई बिद्यार्थी मैत्री बनाउन, छात्रवृत्ति को प्रणाली पारदर्शी बनाउने मुल एजेन्डा रहेका छन् ।

सभापति मा सुबेदी संगै असिम भण्डारी सचीव पद मा र समिक्षा मरासिनी कोषाध्यक्ष पदको लागि उम्मेद्बारी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय