काठमाडौं, २ चैत । नेपालका ख्याँतिप्राप्त अर्थशास्त्रीहरुले देश अहिले गम्भीर आर्थिक, सामाजिक तथा राजनीतिक संकटको संघारमा रहेको भन्दै देश टाट पल्टिनसक्ने जोखिमपूर्ण अवस्थाबाट बचाउनको लागि संयुक्त अपिल गर्नुभएकाे छ । उहाँहरुले नेपालमा विचौलिया वर्गले बढी पुँजी निर्माण र पुँजीको पलायन गराएको संकेत देखिन थालेको पनि निश्कर्ष निकाल्नुभएकाे छ ।
कल्किजम रिसर्च एण्ड ट्रेनिङले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमार्फत देशलाई सही दिलाउनको लागि पनि सेन्टरले अघि सारेको अवधारणालाई सबैले साथ र समर्थन दिए सपना साकार हुने विश्वास दिलाईएको छ ।
पत्रकार सम्मेलनमा प्रा.डा. कुशुम शाक्यले अहिलेको देशको समग्र समस्याको समाधान दिनेगरि आफूहरु अग्रसर भएको सुनाउनुभयाे । उहाँले भन्नुभयाे,‘यो हाम्रो एकमुष्ट आवाज हो । तमाम नेपालीहरुको आवाज हो । देश विकास भएन, अब समस्याको समाधानतर्फ हामी जान्छौं । राजनीतिक उद्देश्यले होईन । अर्थशास्त्र ब्याकग्राउण्डबाट छौं । निरीह भएर बस्न मिल्दैन, समाधानको लागि अगाडि आएका छौं ।’
उहाँले पैसा चलायमान हुँदा नै देशको विकास हुने भन्दै क्यासलेस इकोनोमीको महत्व सुनाउनुभयाे । उहाँले भन्नुभयाे,‘पैसा भन्ने कुरा जम्मा पार्ने कुरा होईन, पैसा चलायमान हुनुपर्छ । अहिले अघि सारिएको यो अवधारणा यो तीन करोड जनताको लागि हो । लगानीको वातावरण बनाउनुपर्छ । नेपाललाई विश्वमै नमूना बनाउन सकिन्छ ।’
अर्का अर्थशास्त्री सञ्जय आचार्यले रिसर्च सेन्टरले अघि सारेका कुराहरुमा सकारात्मक पक्ष देखेको बताउनुभयाे । सो क्रममा उहाँले नगदमा आधारित सामाजिक सुरक्षालाइ सेवामा आधारित बनाउनुपर्ने प्रस्ताव राख्नुभयाे । आधारभूत आवश्यकत्ता शिक्षा, स्वास्थ्य र कानूनी सेवा निःशुल्क बनाउने प्रयास एकदमै सराहनीय भएको भन्दै यसप्रति ठोस कार्यान्वयन गरिने विश्वस दिलाउनुभयाे । भ्रष्टाचार नियन्त्रण गर्नको लागि पनि सेन्टरले अघि सारेको क्यासलेस करेन्टी र स्मार्ट करेन्सीको अवधारणाले ठूलो सहयोग पुग्ने उहाँको भनाई छ। एनले भन्नुभयाे,‘नगदरहित कारोबार प्रमोट गर्नुपर्छ । शहरी क्षेत्रमा त क्यासलेस हुँदै गएको छ । ग्रामिण भेगमा जय साहजीले भनेजस्तो स्मार्टनेस करेन्सी लागु हुनेछ ।’
यस्तै, अर्का अर्थशास्त्री घनश्याम दवाडीले आफ्नै इफोर्टले मुलुकको उत्पादकत्व बढाउने कुरा गरेको भन्दै अघि सारिएको अवधारणा साकार हुने विश्वास दिलाउनुभयाे । उहाँले नेपालको हकमा भने यसअघि योजना बनाउँदा विज्ञता नहेरिएको गुनासो पोख्नुभयाे । तर, आफूहरुले निस्वार्थ भावनाले देशको समग्र विकासमा टेवा पुर्याउनको लागि काम गरेको उनको भनाई छ । सेन्टरले अघि सारेको मुद्दा र इस्यु राम्रो भएकोले सहकार्य गरिएको पनि उहाँले स्पष्ट पार्नुभयाे ।
कार्यक्रममा अर्थशास्त्री डा. उमाशंकर प्रसादले सेन्टरको उद्देश्य र गरिरहेको कामको बारेमा प्रकाश पार्नुभएकाे थियाे। आफ्नो धारणा राख्ने क्रममा प्रसादले नेपालको अर्थ व्यवस्थाको स्वरुप क्रोनिक क्यापिटलिजम भएको बताउनुभयाे । उहाँले भन्नुभयाे,‘सरकारलाई केही व्यक्तिले प्रभावित पारेको अवस्था छ । त्यो संरचनाअन्तर्गत सरकारले देश नचलाई, केही व्यक्ति वा समूहबाट देश चलाउने काम गरेको छ।’
संविधानले समाजवादको यात्रा तय गर्ने भनेको भएपनि नेपालमा अहिले विद्यमान संरचना क्रोनिक क्यापिटजिलम भएको प्रसादको दाबी छ । उहाँले भन्नुभयाे,‘यसबाट मुलुकलाई सोसियलिजममा रुपान्तरण गर्ने हो । सरकार बलियो बनाउनुपर्छ । त्यसको लागि शतप्रतिशत क्यासलेस भएपछि भ्रष्टाचार नियन्त्रण हुन्छ । सरकारसँग प्रश्स्त पुँजी हुन्छ । दोस्रो, शिक्षा, स्वास्थ्य, कानूनी सेवा निःशुल्क गर्ने । संरचनात्मक सिफ्ट गरौं ।’
प्रसादले नेपालमा कल्कीवादको नयाँ अवधारणा विकास गरिएको त्यसअनुसार कर्मको आधारमा ज्याला पाउने कुरा गरिएको सुनाउनुभयाे । उहाँले भन्नुभयाे,‘कर्मलाई उपभोगमा रुपान्तरण गर्नुहुन्छ भने, कामको आधारमा ज्याला पाईन्छ, ज्यालाको आधारमा धेरै सामनता हुन्छ । आय र खर्चमा धेरै फरक हुँदैन् । केही वेस्टर्न फिलोसिपी पनि गाभ्नेछौं ।’
कल्किजम रिसर्च सेन्टरका संस्थापक तथा नेपाललाई विश्व गुरू बनाउने परिकल्पना बोकेका जय साहले आफूहरुले अघि सारेको अवधारणा लागु गर्न सरकार र यसका संयन्त्रहरु सक्रिय नभएको आरोप लगाउनुभएकाे छ । उहाँले आफूहरुको नयाँ अर्थनीति कल्कीवाद भएको पनि सुनाउनुभयाे । आफूले अघि सारेको अवधारणाले देश टाट पल्टिनबाट बच्ने, प्रत्येक वर्ष २० हजार नेपालीको ज्यान पनि बच्ने, स्वास्थ्य, शिक्षा र कानूनी सेवा सबै नेपालीलाई निःशुल्क गरिने सुनाउनुभयाे ।