काठमाडौँ, ३ चैत। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्रबाट हुन जोगाएको बताउनुभएको छ ।
बिज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले वर्तमान सरकार गठन भएपछि अपेक्षित काम गर्न नसकेपछि पहिलो काम मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताउनुभएको हो ।
उहाले पुराना ऐन कानूनले सुशासन कायम हुन नसकेको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवद्र्धनमा समस्या देखिएको महशुस भएकाले अध्यादेश ल्याउनुपरेको धारणा राख्नुभयो ।
मुलुकमा परिवर्तन हुँदा पनि सुशासन कायम हुन नसक्दा जनतामा निराशा उत्पन्न भएकाले विद्यमान अस्पष्ट नीति नियमहरुलाई सुधार गर्न खोजिएको उहाले बताउनुभयो ।
उहाले सरकारको रचनात्मक आलोचना भए सुध्रिने मौका पाउने उल्लेख गर्नुभयो ।