प्रथम पिंक सिटि वालिङ महोत्सवमा अन्तर पालिका स्तरीय पुरुष भलिबलमा गल्याङ नगरपालिका बन्यो च्याम्पियन

२०८१ चैत्र ३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदी
स्याङ्जा,३ चैत । स्याङ्जाको वालिङ नगरपालिकामा संचालित प्रथम पिंक सिटि वालिङ महोत्सवमा भएको स्याङ्जा जिल्ला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा आज भएको फाइनल खेलमा बिरुवा गाउपालिकालाई पछि पार्दै गल्याङ नगरपालिका च्याम्पियन बन्न सफल भएको छ।

आज भएको फाइनल खेलमा बिरुवा गाउपालिका लाई पछि पार्दै गल्याङ पहिलो भएको हो। पहिलो दुई सेट २५-२० र २५-२१ ले गल्याङ ले गरेको थियो भने पछि २५-२१र २५-१७ बिरुवा गाउपालिकाले गरेर खेल बराबर गरेको थियो अन्तिम खेल मा गल्याङ ले १५-९ को फराकिलो अंक ल्याउदै गल्याङ नगरपालिका च्याम्पियन बन्न सफल भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय