युबराज सुबेदी
स्याङ्जा ३ चैत । स्याङ्जाको वालिङ नगरपालिका स्थित वालिङ बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अनेरास्ववियु बाट स्ववियु सचिब पदका लागि बिना रेग्मी उम्मेदवार चयन हुनुभएको छ।
स्याङ्जाको वालिङ नगरपालिका ६ लालुपाते मा २०६१ सालमा जन्मिएका रेग्मी हाल वालिङ बहुमुखी क्याम्पसमा बि।बि।एस तेस्रो बर्ष मा अध्यानरत हुनुहुन्छ । विद्यार्थी राजनीति र संगठन निर्माणमा निकै सक्रिय रेग्मी वालिङ बहुमुखी क्याम्पसको हक हितको निम्ति सधै आवाज उठाउने विद्यार्थी नेताको रुपामा परिचित हुनुहुन्छ।
रेग्मी निडर, प्रखर वक्ता तथा संगठनकर्ता नेताको रूपमा पनि परिचित हुनुहुन्छ। विद्यार्थी हकहितका विषयमा सबै कुरा पारदर्शी बनाउनको लागि निरन्तर लागि परिरहनु भएको छ।
स्ववियु सचिब पदका उम्मेद्बारका रुपमा चयन भएपछि रेग्मी ले शैक्षिक क्षेत्रमा सुधार, बिद्यार्थी ले पाउनुपर्ने सेवा पारदर्शी बनाउने कुरालाइ बिशेश जोड दिनुभएको छ। अतिरिक्त क्रियाकलाप,हुन छोडेको र यसलाइ आफुले चौतर्फी कार्यक्रम सन्चालन गर्नेमा जोड दिनुभयो। ict based technology बाट अध्यापनलाइ सन्चालन गर्ने, आन्दोलन को नाममा शिक्षक र विद्यार्थी लाई हुने दुव्र्यवहार जरै देखि idea bank स्थापना गरि अहिलेको share market संगै entrepreneurship सम्बन्धि कार्यक्रम सन्चालन गर्ने कुरालाई रेग्मिले प्रतिबद्धता दिनुभयो।
रेग्मिले आफ्नो उम्मेद्बारी वालिङ क्याम्पसमा राज नेताको लागि होइन असल नेतृत्वको लागि र असल नेतृत्व चुन्ने जिम्मेवारी अब विद्यार्थीको हातमा भन्दै हेर्नेकुरा डट कम लाई बताउनु भयो।