काठमाडौं,४ चैत । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने बिषयमा कुनै छलफल नभएको बताउनुभएको छ ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले मुलुकको स्थायीत्वका लागि वर्तमान सरकार गठन भएको भन्दै यसलाई तोडेर नयाँ सरकार गठन गर्ने बिषयमा कुनै छलफल नभएको बताउनुभएको हो । उहाले नयाँ सरकार गठन हुने भन्ने भ्रममा नपर्न आग्रह समेत गर्नुभयो । घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको उल्लेख गर्नुभयो ।
उहाले भूमिसम्बन्धी अध्यादेशलाई परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने उल्लेख गर्नुभयो ।