सागका मुठा र खसी बोकामा कर लगाएर संघीयता धानिदैन : उपसभापति गुरुङ

२०८१ चैत्र ४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,४ चैत । उत्पादन मुलक क्षेत्रमा ध्यान नदिदा देशलाई संघीयता भारी भएको नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस संघीयता मामिला समन्वय विभागले सोमबार नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयमा राखेको “संघीयताको प्रभावकारिता कार्यान्वयनमा नेपाली काङ्ग्रेसको भुमिका” बिषयक कार्यक्रम बोल्दै पुर्व मन्त्री गुरुङले सागका मुठा र खसी बोकामा कर लगाएर संघीयता नधानिने धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो “हामीले उत्पादनमा ध्यान नदिने हो र यसरी किसान,व्यापारीलाई मात्रै कर थुपार्दै जाने हो भने संघीयता धानिन गर्हो हुन्छ ।”

संघ देखि स्थानीयतह सम्मका सरकार वितरण मुखी मात्रै बन्दै भन्दै सागका मुठामा कर लगाएर दिइने अनुदानले नागरिकको जिवनस्तर उकास्न नसक्ने धारणा राख्नुभयो । घरेलु मदिरा,जडिबुटी लगायतका थुप्रै क्षेत्रलाई करको दायरामा ल्याउ सक्ने देश विकास गर्न बिदेश अनुदानको भर पर्न नपर्ने बताउदै कानुनको अभावहुँदा देशको आर्थिक क्षेत्र संकटमा पर्दै गएको उल्लेख गर्नुभयो ।

तीन करोड नेपाली भएको देशमा २७५ सांसद धेरै भएको भन्दै संघ,प्रदेश एवम् स्थानीय तहको समेत पुर्न संरचना गरेर अगाडि बढ्नुपर्ने उहाँको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय