पूजा खड्का
स्याङ्जा ७ चैत । स्याङ्जा जिल्लावाट एसइइ परीक्षामा सहभागी हुने विद्यार्थी ४ हजार ९ सय ९२ जना रहेका छन। जसमा २ हजार ४ सय २३ छात्रा छन भने २ हजार ५ सय ६९ छात्र रहेका छन् । नियमित साधारण तर्फ ३ हजार ५ सय ९८ जना, नियमित प्राविधिक तर्फ १ सय ३४ जना, ग्रेड वृद्धि साधारण तर्फ १ हजार २ सय १० छन भने ग्रेड वृद्धि प्राविधिक तर्फ ५० जना रहेका स्याङ्जाका शिक्षा क्षेत्रका सुरेश सुबेदीले जानकारी दिनुभयो।
परीक्षा सञ्चालनका लागि स्याङ्जामा २५ परीक्षा केन्द्र तोकिएको छ ।
स्याङ्जामा परिक्षाका लागि प्रश्नपत्र तथा उत्तरपुस्तिका परीक्षा केन्द्रहरूमा पुर्याएको जानकारी दिँदै परीक्षाको लागि केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण गरि परीक्षा केन्द्रहरूमा खटाईएको शिक्षा समन्वय ईकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो। उहाले परीक्षा शान्तिपूर्ण, मर्यादित तथा निष्पक्ष रूपमा सञ्चालन गर्न आवश्यक पुरै तयारी भएको जानकारी दिनुभयो।
परीक्षामा १ सय ७२ विद्यालय प्रयोग गरिएको छ जस् अन्तर्गत १ सय ३७ सामुदायीक विद्यालय र ३५ संस्थागत विद्यालय रहेका छन् । परीक्षा चैत्र ७ गते बाट सुरु भएर चैत्र १९ गते मंगलवार सम्म सञ्चालन हुनेछ । साधारण धारको परीक्षा चैत्र १५ गते शुक्रवार सम्पन्न हुनेछ भने प्राविधिक धारको परीक्षा चैत्र १७ गते आइतवार सम्पन्न हुनेछ । ग्रेड वृद्धि तर्फको परीक्षा चैत्र १९ गतेसम्म सञ्चालन हुने शिक्षा समन्वय ईकाई स्याङ्जाले जानकारी गराएको छ।
परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्था को लागि जिल्लाका सुरक्षा निकायले आवश्यक प्रवन्ध मिलाएको छ भने परीक्षामा केन्द्राध्यक्ष २५ जना, सहायक केन्द्राध्यक्ष ४५ जना, निरीक्षक २ सय ६५ जना, परीक्षा सहायक ६२ जना, कार्यालय सहयोगी १ सय १० जना र सुरक्षा कर्मी ३ सय ७५ जना रहेका छन ।
बिहीबारबाट संचालन भएको एस इ इ को परीक्षामा देशभर बाट ५ लाख १४ हजार ७१ विद्यार्थी परीक्षामा सहभागि हुँदै छन् जस् अन्तर्गत सामुदायिक र संस्थागत गरी ११ हजार २ सय १६ वटा विद्यालय मा परीक्षाको लागि व्यवस्था मिलाईएको छ।
बोर्डका अनुसार एस इ इ मा सबैभन्दा बढी विद्यार्थी काठमाडौंबाट ३९ हजार ६ सय छन्। सबैभन्दा कम मनाङमा ४३ जना मात्र रहेका छन्। माध्यमिक शिक्षा परीक्षालाई अनुशासित, व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सातवटै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ वटै जिल्ला परीक्षा समन्वय समितिहरू बाट परीक्षामा सहभागिता रहने छ।