बाढी, पहिरो डुवानबाट भएको क्षतिको विस्तृत क्षति आँकलन अघि बढाउने निर्णय

२०८१ चैत्र ७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,७ चैत । सरकारले गत असोज महिनामा गएको बाढी, पहिरो डुवानबाट भएको क्षतिको विस्तृत क्षति आँकलन अघि बढाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३० औं बैठकले गत असोजमा बाग्मती, कोशी प्रदेश लगायतका ठाउँमा अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत क्षति आँकलन तत्काल अघि बढाउने निर्णय गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो । क्षतिको आँकलन संकलन कार्य आगामी साताभित्रै सुरु गरिने उहाले जानकारी दिनुभयो । उहाले क्षतिको मूल्याङ्कन गरेर निजी आवासहरु अस्थायी बनाउने ठाउँमा अस्थायी र स्थायी बनाउने ठाउँमा स्थायी आवास बनाउने गरी अघि बढ्ने बताउनुभयो । बैठकमा आगामी दिनमा विपद्बाट हुने सक्ने सबै खालका जोखिम नियन्त्रणका लागि तयार रहदै आगामी दिनमा तयारीका साथ अघि बढ्ने विषयमा छलफल भएको गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो ।

त्यस्तै बैठकमा पश्चिम नेपालको भूकम्पबाट भएको क्षति आँकलन गरि स्थायी आवास निर्माणको कार्य पनि अघि बढेको जानकारी दिनुभयो । जाजरकोटमा पनि पुर्ननिर्माण र पुर्नस्थापनको काम अघि बढेको र केन्द्रबाट अनुदान पठाउने काम प्रारम्भ भएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय