ग्लोबल मनी विकको अवसरमा गरिमाको सुनवलमा वित्तीय साक्षरता कार्यक्रम

२०८१ चैत्र ८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सुनवल,८ चैत । गरिमा विकास बैंकको सुनवल  नवलपरासी शाखाले ‘ग्लोबल मनी विक २०२५’ को अवसर पारेर शुक्रबार  महाकवि देवकोटा क्याम्पस सुनवल नवलपरासीमा  विद्यार्थीहरुलाई बैंक सम्बन्धि साक्षरता कार्यक्रम गरेको छ ।

‘अनुसरण गर्नुअघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं अरूका कुरा सुनौं तर आधिकारिक कुरा सुनी निर्णय गरौं’ भन्ने मूल नारासाथ सुरुभएको ग्लोबल मनी विक २०२५ अन्तर्गत शुक्रबार क्याम्पसका  बिद्यार्थीहरुलाई  कक्षामै गएर बैंक सम्बधित साक्षरता प्रदान गरिएको बैंकका कर्मचारी सञ्चालक इन्चार्ज कुशल भट्टराईले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्त्व , बचत गर्ने तरिका,बचत खाताका प्रकार, लगानी, मोबाइल बैङ्किङ, साइबर सुरक्षा, डिजिटल ठगी र यसबाट बच्ने उपायहरू लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। युवाहरूलाई सानै उमेर देखिनै आर्थिक रूपमा सचेत बनाउन विद्यार्थी लक्षित वित्तीय साक्षरताको कार्यक्रम गरिएको सुनवल नवलपरासी शाखा प्रबन्धक यज्ञमूर्ति न्यौपाने ले प्रकाश पार्नु भयाे

सन् २०१२ देखि १७६ भन्दा बढी मुलुकमा मनाइँदै आएको ग्लोबल मनी विक मुख्यतः किशोर ,किशोरी तथा युवा, युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले सञ्चालन गरिएको विश्वव्यापी अभियान हो।



प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार