ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु

२०८१ चैत्र ८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ चैत । रुकुमपश्चिमको चौरजहारी-१ मा ट्रकमा लोड भएको मार्बल र सिमेन्टले च्यापिँदा एक जना मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मार्बल र सिमेन्ट बोकेको ट्रकभित्र बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको छ भने सोही नगरपालिका –६ का २१ वर्षीय मन्दिर सार्की घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार दुवै जना लु.प्र ०३–००१ क ००२७ नम्बरको मिनी ट्रकमा बसेका थिए ।

मार्बललाई ट्रकको वरिपरि बाँधेर लोड गरिएको भए पनि सडक घुम्तिमा डोरी चुँडिन पुग्दा दुवै मजदुरलाई मार्बलले च्यापेको हुन सक्ने उनले बताए ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सुर्खेतको गुर्भाकोट नगरपालिका ११ निवासी चालक विकास सुनार फरार छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार