काठमाडौँ, ९ चैत। पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ । मस्तिष्कघात भएपछि उपचाररत बस्नेतको शनिबार काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।
निधन भएपछि बस्नेतको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । कांग्रेस नेता, कार्यकता, शुभेच्छुक लगाएतले बस्तलेलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । २००४ साल माघ २६ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा जन्मिएका बस्नेत कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
स्वर्गीय बस्नेतले नेपाली पत्रकारिता क्षेत्रका साथै प्रजातन्त्र स्थापनाका लागि उल्लेखनीय योगदान पुराउनुभएको छ । उहाको शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।