९ सय रुपैयाँले घट्यो सुन, कति छ आज बजार भाउ ?

२०८१ चैत्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० चैत । स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज  ९ सय रुपैयाँले घट्यो तोलाको १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी  तोलामा १ हजार ९८० रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी तोलाको १ हजार ९९५ रुपैयाँ पुगेको  थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय