काठमाडौं, १० चैत । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले दुई जनाको लागि बैंककको राउन्ड ट्रिप हवाई टिकट जित्नुभएकाे छ । एक भिसा डेबिट कार्ड होल्डर तिल प्रसाद पौडेलले दुई जनाको लागि बैंककको राउन्ड ट्रिप हवाई टिकट जित्नुभएको हाे ।
यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तरराष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरु विच संचालित विशेष अभियान अन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गर्नुभएको हो ।
भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरु ल्याउने बताइएको छ ।
बैंकले हालै जारी Global Money Week अन्तर्गत देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम संचालन तथा सो सम्बन्धी जागरण अभियान कार्यक्रमहरुमा भाग लिईरहेका छन ।