पाल्पा ,१० चैत । बगनासकाली गाउपालिका ५ राम्दिघाट स्थित कालिगण्डकी नदिमा डुवि वेपत्ता युवक मृत फेला परेका छन । भारत उत्तर प्रदेश गोरखपुर बस्ने २५ बर्षका शिवम पाण्डे आइतबार मृत फेला परेका हुन ।
शव घटनास्थलबाट अन्दाजी १ कि मि तल कालिगण्डकि नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
हव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको छ भने घटना सम्वन्धि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।