वालिङमा जीप दुर्घटना, एकको घटनास्थलमै मृत्यु

२०८१ चैत्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,१० चैत  । वालिङ नगरपालिका वडा नं ६ मा सवारी दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको  छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं ७ केहोरे हिलेपानीकी ४८ वर्ष दीलसरा आले रहेकाे  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रवेश तिवारीले जानकारी दिनुभयाे ।

अन्दाजी ०३:०० बजेको समयमा  वालिङ नगरपालिका-६ माझकोट स्थित वालिङ चापाकोट भित्री सडक खण्डमा ग १ ज ७५११ न.को Winger सडकबाट अन्दाजी १५० मिटर तल खस्न गई दुर्घटना भएको परेको थियो ।

 थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय