काठमाडौँ, ११ चैत । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका सवै समस्यालाई सम्बोधन हुने गरि कृषि नीति अघि बढाइने बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि नीति तर्जुमाको चरणमा रहेको भन्दै किसानका सवै समस्यालाई सम्बोधन हुने गरि अघि बढाइने बताउनुभएको हो ।
मन्त्री अधिकारीले सधै आयातका भरमा मुलुक चल्न नसक्ने भएकाले कृषि उत्पादन बढाउनका लागि सरकारले प्रोत्साहन गर्ने धारणा राख्नुभयो । वर्षभरी खेती गरेर किसानलाई बाच्नसक्ने बनाउनका लागि सवैले सोच्नुपर्ने उहाले बताउनुभयो ।
मन्त्री अधिकारीले कृषि नीतिको कार्यान्वयन चरणमा कृषि क्षेत्रका चूनौति व्यवस्थापन गर्न सकिने धारणा राख्नुभयो ।
समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्व, सरोकारवालाहरु तथा मन्त्रालयसंग छलफल गरेको हो ।