विकेन्द्रीकरणको नीति कांग्रेसको अवधारणा हो : महामन्त्री थापा

२०८१ चैत्र ११, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सुनसरी, ११ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विकेन्द्रीकरणको नीति कांग्रेसको अवधारणा भएको बताउनुभयो। उहाले सोमबार सुनसरीको इनरुवामा आयोजित प्रशिक्षण  कार्यक्रममा बोल्दै विकेन्द्रीकरणको नीति देशलाई आबस्यक रहेको र यसले स्थानिय विकासमा सहजता दिने बताउनुभयो।

उहाले नेपाली काँग्रेस गणतन्त्र र सङ्घीयता प्रति दायाँबायाँ नहुने बताउदै निरंकुश राजतन्त्रको पछि नलाग्ने बताउनुभयो । महामन्त्री थापाले नेपाली काँग्रेस विभाजन हुँदा नेपाली काँग्रेस र काँग्रेस प्रजातान्त्रिक दुई पार्टी मा रहेको थियो। गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली काँग्रेसले काठमाण्डौमा मात्र विकास भयो विकास गाउँ गाउँ मा पुग्नुपर्छ भन्दै विकेन्द्रीकरणमा जानु पर्ने माग राखेको थियो भने शेरबहादुर देउवा नेतृत्व काँग्रेस प्रजातान्त्रिक ले नेपाललाई सङ्घीयतामा लैजाने निर्णय गरेको थियो। त्यसैले सङ्घीयता काँग्रेसको अवधारणा हो । संघीयतालाई सही ढङ्गले चलाउन आवश्यक रहेको उल्लेख गर्दै नेपाली काँग्रेस दृढ संकल्प सहित स्थानीय स्तरमा विकासको सहज बनेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो।

उहाले संविधान लाई मध्यनजर गर्दै संघीयता लाई जनताको अपेक्षा अनुरुप पुरा गर्न सकिने बताउँदै सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार अग्रसर भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाले काँग्रेसकै कारण सङ्घीयता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफूले राजद्रोहको मुद्दा लागेको समेत जानकारी गराउनुभयो।

उहाले काँग्रेसका जनप्रतिनिधिले इमान्दार भएर जनताका समस्या लाई ध्यान मा राख्दै विकास र निकास मा जोडिन आग्रह गर्दै राम्रा कामको प्रचार गर्न कार्यकर्तालाई निर्देशन पनि गर्नुभयो। यसको लागि पार्टी भित्र आपसी छलफल र संवाद आवश्यक रहने पनि जानकारी गराउनुभयो। उहाले काम मात्र गरेर नहुने बताउँदै राम्रा कामको प्रचार मा पनि ध्यान दिनुपर्ने बताउनुभयो । त्यसैगरी उहाले गलत गर्ने का विरुद्ध पनि खवरदारी गर्न आवयक रहेको बताउनुभयो। महामन्त्री थापाले ठिक ढंंग ले प्रचार गर्न सकिएन भने कामको बारेमा जनतालाई जानकारी नहुने बताउँदै त्यसको घाटा पार्टीलाई मात्र नभै राष्ट्रलाई पर्ने बताउनुभयो। त्यसै गरी उहाले जनप्रतिनिधि ले पनि आफ्नो क्षमता र बाध्यताको बारेमा सहजीकरणको बारेमा पार्टीमा अन्तर्क्रिया गर्दै मार्ग खोल्नु जरुरी रहेको बताउनुभयो। उहाले छलफल बाट संगठन बलियो र मजबूत हुने समस्याको पहिचान हुने र नया लाई कार्य गर्न मा सहज र उत्प्रेरित गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय