कुलमान घिसिङलाई पदबाट हटाउने र हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय

२०८१ चैत्र १२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १२ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने र हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाले कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको भन्दै अहिलेको आवश्यकताका आधारमा निर्णय गरिएको बताउनुभयो । उहाले सरकारले गरेको निर्णयमा असहमति जनाउने अधिकार रहेको लोकतन्त्रमा विरोध हुनु स्वभाविक रहेको उल्लेख गर्नुभयो । सरकारले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको कुलमानलाई हटाइएको उहाले बताउनुभयो ।

बैठकले संक्रमणकालीन न्यायसंगसम्बन्धी अयाोगको अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न सवोच्चका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।

मन्त्रिपरिषद्ले चैत्र १९ देखि २३ गते सम्म थाइल्याण्डमा हुने बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ भने राष्ट्र बैंकको गभर्नर नियुक्तिको सिफारिस गर्न उपप्रधान एवं अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्य सिफरिस समिति गठन गर्ने निर्णय समेत गरिएको प्रवक्ता गुरुङले बताउनुभयो ।

त्यस्तै बैठकले विधुतीय कारोवार पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने, सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने लगाएतका २७ वटा निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय