धरान,१३ चैत । इटहरीको मुख्य चोकमा सञ्चालनमा रहेको व्यवसायिक भवन सेन्ट्रल प्लाजामा आगलागी हुँदा भवनभित्रै फसेका ११ जनाको सकुशल उद्दार गरिएको छ। उनीहरुलाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो। उद्दार हुनेमा ८ पुरुष र ३ महिला रहेका छन्।
आगो भने अझै नियन्त्रणमा आएको छैन। उद्दार गरिएकालाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी लगिएको छ। सेन्ट्रर प्लाजाको पाचौं तलाबाट सुरू भएको आगो अन्य स्थानमा पनि फैलिएको छ।
भवनमा आगलागीमा केही मानिस फसेपछि उद्दारका लागि गृहमन्त्रालयले सेनाको हेलिकोप्टर पठाएको थियो।
सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाइ र तोपबहादुर खनालको कमाण्डमा खटिएका टोलीले फसेका मानिसहरूको उद्धार गरेको हो।