काठमाडौं ,१३ चैत। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग भएको छ ।
राष्ट्रिय सभामा १५ मिनेटकाे लागि स्थगित भएकाे छ ।
दिउँसो सवा १ बजे बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गर्नुभएकाे थियाे । त्यसपछि सभाध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिनुभएकाे थियाे।