रामेछापमा आगलागी, पाँच घर–गोठ जले

२०८१ चैत्र १३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रामेछाप,१३ चैत । रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन् ।

बस्ती नजिकै जंगलमा लगाइएको आगो रामपुरको ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा पसेपछि आगलागी भएको वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जानकारी दिनुभयाे ।

मंगलबारबाट लागेको आगो बस्तीमा पसेको थियो । आगलागीबाट मानवीय क्षति नभए पनि पाँचवटा खसी–बाख्रा, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा नगद धनमाल जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार