काठमाडौं ,१४ चैत । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलमान घिसिङको बिषय अदालतमा गइसकेकाले सदन अवरुद्ध गर्नु उचित नभएको बताउनुभएको छ ।
बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले अदालतमा प्रवेश गरेको बिषयलाई सदनमा उठान गर्नु संविधान बिपरित भएको समेत बताउनुभयो । प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न दिन्न भनेर बिपक्षी दलले संविधान बिपरितको काम गरेको उहाले बताउनुभयो । उहाले कुलमानका बिषयमा बिभागिय मन्त्री वा उपप्रधानमन्त्रीले जवाफ दिने जानकारी गराएपनि बिपक्षी दलले अस्वीकार गरेको जानकारी दिनुभयो ।
बिपक्षी दलको क्रियाकलाप सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई निष्कृय बनाउनका लगाउनका लागि उद्दत देखिएको उहाको भनाइ छ ।