राजावादीको छाडातन्त्रलाई छुट दिन सकिदैन : अध्यक्ष दाहाल

२०८१ चैत्र १६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै ,१६ चैत । समाजवादी मोर्चाले राजावादीको क्रियाकलापको सशक्त ढंगले  प्रतिवाद गर्ने जनाएको छ ।

शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्थाबारे जानकारी लिदै समाजवादी मोर्चाका नेताहरुले राजावादीको क्रियाकलाप अपराधिक भएको भन्दै सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको छाडातन्त्रलाई छुट दिन नसकिने बताउनुभयो । ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको भन्दै उहाले सरकारले कडा कदम चाल्नुपर्ने जिकिर गर्नुभयो ।

सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको र ठूलो जनधनको क्षति भएको उहाले बताउनुभयो । प्रचण्डले काठमाडौंमा विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै नेकपाका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले राजावादीको क्रियाकलाप अपराधिक रहेकाले सशक्त ढंगले प्रतिवाद गर्ने बताउनुभयो ।

राजावादी समर्थकहरुले शुक्रबार नेकपा एकीकृत समाजवादीको पार्टी तोडफोड गर्दै आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार