नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

२०८१ चैत्र १७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१७ चैत । काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडी चालक भिमेश्वर -४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।

शनिबार राति ८ बजे नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक धादिश्रबाट काठमाडौं आउँदै गरेको प्र ३ -०१-०२४  च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार