काठमाडौं,१७ चैत । प्रतिनिधि सभाको बैठक बिना अवरोध सञ्चालनका लागि सभामुख देवराज घिमिरे निरन्तर छलफलमा छन् ।
सभामुख घिमिरले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गरेपछि प्रतिपक्षी दलहरूको अवरोधका कारण अवरुद्ध रहेको प्रतिनिधि सभा बैठक सञ्चालन हुन सकेको छैन ।
सभामुखले संसद भवन बानेश्वरमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।