रास्वपा राजावादीहरुले क्षति पु¥याएका बिभिन्न स्थानको भौतिक संरचनाको निरिक्षण गर्दै

२०८१ चैत्र १७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादीहरुले क्षति पु¥याएका बिभिन्न स्थानको भौतिक संरचनाको निरिक्षण गरेको छ ।

आइतबार रास्वपा कार्यवहाक सभापति डोलप्रसाद अर्याल, कोषाध्यक्ष लिमा अधिकारी लगाएतको टोलीले राजावादीले क्षति पुराएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, काठमाडौंको तीनकुनेको भवन आगलागी लगाएतका भौतिक संरचनाको निरिक्षण गरेको हो ।

जडिबुटीदेखि क्षतिग्रस्त सवै स्थानको निरिक्षण गरिएको रास्वपा कार्यबहाक सभापति अर्यालले बताउनुभयो । उहाले हिंसात्मक गतिविधि राजनीतिक आन्दोलन हुन नसक्ने भन्दै उक्त घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

अर्यालले समयमा नै राज्य चनाखो बन्न नसक्दा ठूलो धनजनको क्षति भएको बताउनुभयो । यसमा सुरक्षा कमजोरी देखिएको उहाको भनाइ छ ।

उहाले शान्ति सुरक्षामा सरकार चूकेको भन्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय