प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित, सोमबार ११ बजे बस्ने

२०८१ चैत्र १७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१७ चैत ।  प्रतिनिधिसभाको बैठक सूचना टाँस गरि स्थगित भएको छ ।

बिपक्षी दलले कुलमान प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान कायमै राखेपछि बैठक सूचना टाँस गरि स्थगित गरिएको हो । सोमबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

त्यसअघि आइतबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच चर्चाचर्की भएपनि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि आइतबार ४ बजेलाई सारिएको थियो ।

तर सो समयमा पनि सदन चल्न नसकेपछि सूचना टाँस गरि सोमबार बैठक बस्ने गरि सूचना जारी गरिएको हो । सोमबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले जवाफ दिने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय