काठमाडौँ , १८ चैत। संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । पाँचौं अधिवेशनको २५ औँ बैठक बिहान ११:०० बजे बोलाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् । घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको भनाइ छ । उनीहरूको अडानका कारण बिहीबार, शुक्रबार र आइतबारको बैठक प्रभावित भइसकेको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले चैत १८ गते बस्ने प्रतिनिधि सभा बैठकमा विपक्षीको माग बमोजिम प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने जानकारी दिनुभयाे ।