राजावादीकाे आन्दाेलनमा हिसांत्मक गतिविधि गरेकाे आराेपमा स्याङ्जाका १ सहित ४१ जनाविरुद्ध पाँच दिन म्याद थप (नामसहित)

२०८१ चैत्र १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,१८ चैत ।  चैत १५ गते राजावादीकाे आन्दाेलनमा हिसांत्मक गतिविधि गरेकाे आराेपमा स्याङ्जाका एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा वालिङ नगरपालिका १० अदाङ्दि बस्ने ५१ बर्षका देव बहादुर थापा मगर सहित ४१ जनालाई ५ दिनकाे म्याद थप गरिअनुसन्धान गर्न थालिएकाे छ ।

जिल्ला अदालत काठमाडाैले राप्रपाका सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रहरीले मिश्र र जबरा लगायत ११ जनालाई राज्यविरुद्धको कसूर र सङ्गठित अपराधसम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।

यस्तै उनीहरुसहित सबैलाई आपराधिक उपद्रव र सङ्गठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाडाैले जनाएको छ ।

प्रहरीले एक सय जनाभन्दा बढीलाई पक्राउ गरेकोमा अरुलाई सामान्य सोधपुछपछि छोडिसकेको छ । ४१ जनालाई अदालतमा पेश गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।

तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सङ्गठित तबरले आपराधिक घटना गराएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय