हतियार सहित स्याङ्जामा दुई पक्राउ

२०८१ चैत्र १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, १८ चैत । पुतलीबजार नगरपालिकाका वडा नंवर ११ जाडखोलामा अवैध हतियार सहित दुई जना मानिस फेला परेको छ।

पुतलीबजार ११ जाड खोला उनियाचौत स्थित माझी डाडा जंगल मा अवैध हतियार सहित फेला परेको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो।

आईतवार जिल्ला प्रहरी कार्यालय स्याङजा बाट प्रहरी निरीक्षक प्रवेश तिवारीको कमाण्डमा प्रहरी टोली खटिई पुतलीबजार नगरपालिका १० धिमाटी वस्ने बर्ष ४४ को खर्क बहादुर गुरुङ र पुतलीबजार नगरपालिका ११ फापरथुम बस्ने बर्ष ४३ को सोम बहादुर गुरुङ पक्राउ परेको सूचना अधिकारी पौडेलले जानकारी दिनु भयो।

उक्त व्यक्तिहरुलाई अबैध १ नाले भरुवा बन्दुक र मृत अबस्थामा रहेको पोथी जातको रतुवा मृग सहित निजहरु लाई स्थानिय जन प्रतिनिधिको रोहवरमा नियन्त्रणमा लिई मृत अवस्थामा रहेको पोथी जातको रतुवा मृगको शव परिक्षणको लागि डिभिजन वन कार्यालय स्याङजामा पठाईएको प्रहरी स्रोतले जनाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय