कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो भएन : सांसद दाहाल

२०८१ चैत्र १९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१९ चैत । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताउनुभएको छ ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद दाहालले कुलमान घिसिङलाई पदबाट हटाउनुको कारण माग गरेपनि प्रधानमन्त्री आलटाल गरेर जवाफ दिएकाले चित्तबुझ्दो नभएको बताउनुभएको हो ।

उहाले ऊर्जामन्त्रीले कमिशन मागेको र जलाशययुक्त आयोजना निजीकरणको निर्णयको बिरोध गर्दा कुलमानलाई हटाएको बिषयलाई प्रधानमन्त्रीले बंगाएर ऊर्जामन्त्रीप्रति उत्तरदारी नभएका कारण हटाइएको भनेर दिएको जवाफ गलत रहेको जिकिर गर्नुभयो । प्रधानमन्त्रीको जवाफले कुलमानलाई गैरकानूनी रुपम हटाइएको प्रमाणीत भएको उहाको भनाइ छ । सांसद दाहालले प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नहुदा पनि गणतन्त्रविरोधी हर्कतको एक भएर सामना गर्न सदन खुलाउन सहमत भएको बताउनुभयो ।

यसअघि कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बिपक्षी दलले लगातार सदन अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय