राष्ट्रपति पौडेलले गरे संसद्को हिउँदे अधिवेशन अन्त्य

२०८१ चैत्र १९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०८१ साल चैत १९ गते मङ्‌गलबार राती १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिका कार्यलयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयाे।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत १९ गते मंगलबार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संविधानको धारा ९३ अनुसार संसद् अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ। सरकारले ल्याएका ५ वटा अध्यादेश दुवै सदनबाट पारित भएपछि संसदको अधिवेशन नै अन्त्य गरेको हो।

सरकारले अब पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रयोजनका लागि बर्खे अधिवेशन बोलाउनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय