पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको आदेश मान्छु भनेका थिए : माधव नेपाल

२०८१ चैत्र १९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १९ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये पर्ने अध्यक्ष नेपालको भनाइ छ । अध्यक्ष नेपालले बेबी किङको सम्भावना समेत नरहेको बताए ।

यस विषयमा उनले अगाडि भने, ‘किन चाहियो रगतको शासन ? जनताको मनको शासनलाई मन नमान्ने । जनताको चेतनामा विश्वास नगर्ने । जनतामा चेतना र जागरणपैदा गर्ने कुरामा नलाग्ने । अनि वंशको शासन खोज्ने ? त्यसो भए जाउँन त राणाशासनमा । राणाशासनभन्दा अझै पुरानो खोजौं । गोपालवंशमा जाऔं । महेशपाल वंशमा जाऔं । नयाँ हिटलरलाई जन्माओस् । यस्तो हुन्छ ? अब संसार दास युगमा फर्कन सक्छ ? सामन्ती युगमा जान सकिन्छ ? पूँजीवादी युगमा पनि बस्ने होइन । अब समाजवादी युगमा जाने हो ।’

पूर्वराजासँग भएको ५ बुँदे सहमति बारे स्पष्ट पार्दै उनले भने, ‘सिधा कुरा थियो-सहमति होइन, राजाको वक्तव्य जारी भएको थियो । कि म सम्पूर्ण अधिकार जनतालाई सुम्पिन तयार छु । जनताको जे निर्णय र आदेश हुन्छ त्यो मान्न म तयार छु । अब सार्वभौम जनता सार्वभौम सम्पन्न भएका छन्, उसको निर्णय नै शिरोपर हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय