तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ

२०८१ चैत्र १९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १८ चैत । काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले सो घटनामा संलग्नहरूलाई पक्राउ पर्ने क्रम जारी छ ।

यसअघि सोमकार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सितादेवी राई रहेका छन् । सोमबार प्रहरीले विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौलालाई पक्राउ गरेको थियो ।

मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ ।

यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय