मुलुकलाई अस्थिर र मुठभेडमा लैजाने गरि अराजक गतिविधि बढ्याे : माधव नेपाल

२०८१ चैत्र १९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १९ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अस्थिर र मुठभेडमा लैजाने गरि अराजक गतिविधि बढेको बताउनुभएको छ ।

मंगलबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले मुलुकमा भईरहेको अराजनैतिक गतिविधिमा विदेशीको हात भएको आफुलाई विश्वास नलागेको भन्दै देशी प्रतिगामी तत्वहरुले नै मुलुकलाई अस्थिर र मुठभेडमा लैजान खोजेको बताउनुभएको हो । उहाँले राजतन्त्र आउने सम्भावना नभएपछि चैत्र १५ गतेको अपराधिक घटना गराइएको आरोप लगाउदै सो घटनाका दोषीहरुलाई सरकारले छिटो कारवाही गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले नेपालमा रगतको शासन र वंशको शासन आवश्यक नरहेको बताउदै जनताको चेतनामा विश्वास गर्न आग्रह गर्नुभयो ।

फरक प्रसंगमा अध्यक्ष नेपालले माओवादी केन्द्रले भने जस्तो मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री भन्दा पनि अहिले जस्तै संघिय लोकतान्त्रिक संसदीय प्रणाली नै उपयुक्त रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय