राप्रपाले मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा

२०८१ चैत्र २५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २५ चैत । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंमा गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भृकुटीमण्डपमा हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।

सभा सुरु हुनुअघि काठमाडौंका सुन्धारा, रत्नपार्क लगायतका स्थानबाट जुलुस निकालिने छ । ती जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने राप्रपाले जनाएको छ ।

प्रदर्शन र सभालाई शान्तिपूर्ण बनाउने तयारी राप्रपाको छ । यसअघि चैत १५ गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा आयोजना गरिएको सभा हिंसात्मक भएको थियो । दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा २ जनाको मृत्यु भएको छ भने अर्बौंको भौतिक क्षति पुगेको अनुमान छ ।

लगत्तै बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो । तर हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई पक्राउ गरेको छ ।

राप्रपाले चैत २६ गते मंगलबार गर्न लागेको सभालाई राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त ज

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार