तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषिलाई छोड्न हुदैन : देउवा

२०८१ चैत्र २५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषिलाई छोड्न नहुने बताउनुभएको छ ।

आइतबार तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसंग भेट गर्दै सभापति देउवाले उक्त घटनाका दोषिलाई कारवाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताउनुभएको हो । सो क्रममा रजकका परिवारले उक्त घटनाको छानविन नै नभएको दोषी उम्कन सक्ने आशंका व्यक्त गरेका थिए । सभापति देउवाले तीनकुने घटनाको छानविन गर्नुपर्ने पार्टी निर्णय रहेको सुनाउनुभयो ।

राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजि संरचना ध्वस्त पारेको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने उल्लेख गर्नुभयो । सुरेश रजकका परिवारले सवै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय