काठमाडौं, २५ चैत । सहकारी ठगी अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने रुपन्देही कारागार चलान भएका छन् । उनलाई आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर कारागार चलान गरिएको हो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइ जेल चलान गरिएको छ ।
जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश गरेपछि सरकारी वकिल कार्यालय र लामिछाने दुवै उच्च अदालत पुगेका थिए। जस उपर उच्च अदालतले गत शुक्रवार सुनुवाई गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।