काठमाडौ,२५ चैत । वायु प्रदूषणका कारण काठमाडौं उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । काठमाडौं उपत्यका प्रदूषित सहरका रूपमा सूचीकृत भएपछि यसको बढी मारमा यहाँका सटर व्यवसायी परेका छन् ।
केही दिनदेखी बिश्वको वायु प्रदूषण शहरको दाेस्राे स्थानमा परेको काठमाडौ शहरका सटर व्यवसायी यसको प्रत्यक्ष मारमा परेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका सस्थापक अध्यक्ष नरेश कटवालले हेर्ने कुरा डटकमलाई बताउनुभयो । उहाँले भन्नुभयो ,”बिहान ६ बजेदेखि बेलुका ७/८ बजेसम्म सटरमा बस्ने व्यवसायी यसको प्रत्यक्ष मारमा छन् ।” महँगो भाडा तिरेर लिने सटर बन्द गरेर बस्न पनि सकिने वायु प्रदुषणका कारण सटरमा पनि बस्न नसक्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो ।
‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो ।
प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् ।