काठमाडौं ,२६ चैत । काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण वर्षाको सम्भावना रहेको हो ।
मौसमविद् महाशाखाका अनुसार आज वाग्मती, कोसी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ ।
“काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । काठमाडौंमा दिउँसो १/२ बजेपछि काठमाडौं उपत्यकामा हल्का वर्षा हुन्छ ।”
काठमाडौंका केही स्थानमा हल्का र केही स्थानमा फाट्टफुट्ट वर्षा हुनेछ ।