काठमाडौं, २८ चैत । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारवाहीप्रति असन्तुष्टि जनाउनुभएको छ ।
अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता एकीकृत बिकास समितिको ३१ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बागमती सम्यतालाई कायम राख्न बिभिन्न क्रियाकलाप भएपछि प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।
बिकास समितिले बागमती सम्यतालाई कायम राख्नका लागि काम गरेपनि त्यसलाई व्यवस्थीत गर्न नसकेको आम गुनासो रहेको उहाले बताउनुभयो ।
सिंहले बिभिन्न स्थानमा ढलहरु बनाएपनि बागमतिमा नै ढल मिसिनुको कारण लेखाजोखा गर्नुपर्नेमा जोड दिनुभयो । उहाले अव खाली प्रचारबाजीका लागि नभइ जनताले महशुस गर्नेगरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।
अहिले सम्पन्न गरिसकेको योजनाहरुका बारेमा आमजनतालाई जानकारी गराउने र आगामी कार्यक्रमहरु पनि जनतालाई जानकारी गराउदै अघि बढाउनुपर्ने उहाले बताउनुभयो । सिंहले बर्षायाममा आउन सक्ने बाढीलाई नियन्त्रण गर्न सरसफाइ लगाएतका कामलाई अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।