काठमाडौं, २९ चैत । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीहरुले सुरक्षित र सम्मानित तवरमा रहन पाउने वातावरण आवश्यक रहेको बताउनुभयो।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वार्षिक साधारण सभाको उदघाटन गर्दै समारोहमा बोल्दै उहाले अन्तराष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सुरक्षित र समानित तवरमा रहन पाउने वातावरण निर्माण गर्न आवश्यक रहेको बताउँदै सरकारले त्यसतर्फ अघि बढ्ने प्रक्रिया अपनाएको बताउनुभयो।
उहाले देश भित्र नै रोजगारीको अवसर सृजना गर्ने सरकारको चाहना रहेको बताउनुभयो। उहाले नेपालीहरु अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा गइरहेको छन् र अवस्था पनि त्यस्तै रहेको बताउँदै अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सुरक्षित र सम्मानित तवरमा श्रम बजारमा आफ्नो उपस्थिति जनाउन सक्ने खालको परिस्थिति निर्माण गर्नु सरकार अघि बढेको बताउनुभयो।
त्यसै गरी उहाले वैदेशिक रोजगारीबाट सीप र पूँजी बोकेर फर्कने नेपालीहरुको लागि सीपको सदुपयोग हुने गरी राष्ट्र निर्माणमा लगानी गर्न सघाउन आवश्यक रहेको बताउनुभयो। उहाले लगानी को महत्व बुझेर व्यक्तिको सीप र पूँजी को योगदान लाई सहज हुने गरी सरकार अघि बढ्न आवश्यक रहेको त्यही किसिमको बाताबरण सृजना गर्न सरकार लाग्नुपर्ने बताउनुभयो र यसको लागि सरकारको प्रयास रहेको बताउनुभयो।