नयाँ वर्षको दिन सिन्धुलीगढीमा पर्यटकको घुईचो

२०८२ बैशाख १, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , १ बैशाख । नयाँ वर्षको पहिलो दिन ऐतिहासिक तथा पर्यटकीयस्थल सिन्धुलीगढीमा आन्तरिक तथा बाह्य पर्यटकको घुईचो लागेको छ ।

सिन्धुलीगढीमा नेपाल–अंग्रेज युद्धपछि नेपालमै पहिलो युद्ध सङ्ग्रहालय निर्माण गरिएपछि पर्यटकहरुको चहलपहल बढेपनि नयाँ वर्षको दिन आन्तरिक तथा बाह्य पर्यटकको घुईचो लागेको हो । सिन्धुलीगढी १८२४ मा नेपाललाई उपनिवेश बनाउँन आएका व्रिटिस अंग्रेजहरुसंग भएको युद्धमा गोर्खालीहरुले विजय प्राप्त गरेको युद्धस्थललाई हाल युद्ध सङ्ग्रहालयका रुपमा बिकास गरिएको छ ।

सङ्ग्रहालयका प्रमुख बैंकुण्ठ कुमार कार्कीले अन्य दिन पर्यटकहरुको चहलपहल बढेपनि नयाँ बर्षका दिन सङ्ग्रहालय हेर्न घुइचो लाग्ने गरेको जानकारी दिनुभयो । उहाले यस दिन बाह्यको तुलनामा आन्तरिक पर्यटकको आगमन धेरै हुने उल्लेख गर्नुभयो ।

सिन्धुलीगढीको अवलोकनका लागि नेपालको काठमाण्डौं, रामेछाप, दोलखा, काभ्रेका साथै पूर्वी नेपाल र मध्यतराईका जिल्लाका साथै बिदेशबाट पनि हजारौं पर्यटकहरु पुग्ने गरेका छन् । सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको अवलोकन गरेपछि आफुहरु निकै भावुक भएको पर्यटकहरुको भनाइ छ ।

संग्रहालयमा तोप, घरेलु हातहतियार लगायतका युद्ध सामाग्री लगाएतका युद्धसम्बन्धी चित्र प्रदर्शनीमा राखिएको छ । युद्धको तिथिमिति समेतको यकिन गराउन इतिहासको लेखहरु रहेका किताब युद्ध संग्रहालयको पुस्तकालयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय